समाज


सशस्त्र प्रहरी परिवार महिला संघद्वारा संचालित स्वास्थ्य शिविरमा ५१४ को स्वास्थ्य जाँच

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा संचालित स्वास्थ्य शिविरमा ५१४ को स्वास्थ्य जाँच

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार १३:३,

केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघ र प्रदेश नम्बर १ स्थित सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा सुनसरीको हरिनगर गाँउपालिका ६ घुस्कीस्थित कस्मिया मदरसामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ।

केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले उक्त स्वास्थ्य शिविरको बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरेकी थिइन्।

नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौं र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीको सहयोगमा माघ २९ र ३० गते सो शिविर संचालन भएको हो।

नेपाल एपीएफ अस्पतालबाट खटिएका सशस्त्र प्रहरी उपरीक्षक डा. मिना कुँवर जोशीको कमाण्डमा रहेका २२ जना स्वास्थ्यकर्मीबाट जेनेरल फिजिसियन, नाक, कान, घाँटी, आँखा र स्त्री तथा प्रशुती रोग सम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो।

उक्त शिविरमा १ सय ८६ जना पुरुष र ३ सय २८ जना महिला गरी ५ सय १४ जनाको स्वास्थ्य जाँच गर्नुको साथै निःशुल्क रुपमा औषधि वितरण गरिएको थियो।

सो कार्यक्रममा हरिनगर गाँउपालिका अध्यक्ष गफार अन्सारी, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति बंशीराज दाहाल, एपीएफ अधिकृत तथा जवान लगायत स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .