नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा सैनिक विमान दुर्घटनामा परेको छ।
दुर्घटनामा परेको विमानमा सवार सबै यात्रुको मृत्यु भएको आशंका अधिकारीहरुले बताएका छन्। विमानमा कति सवार थिए, खुलाइएको छैन। तर, चालक दलका सदस्यसहित कम्तिमा सात सैनिकले दुर्घटनामा ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
विमान दुर्घटनाको पुष्टि गर्दै उड्डयनमन्त्री हदी सिरिकाले आफ्नो आधिकारिक ट्वीटरमा लेखेका छन्, ‘सैनिक विमान किङ एअर ३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ। यो भयानक दुर्घटनामा हामी शान्त रही सेनाको अनुसन्धानको नतिजाको लागि पर्खनु पर्छ। साथै यस घडीमा हामी सबैले पीडितहरूको लागि प्रार्थना गरौँ।’ एजेन्सी

प्रतिक्रिया