समाज


कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना संक्रमणमुक्त

कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना संक्रमणमुक्त

नेपालखबर
फागुन १८, २०७७ मंगलबार १२:१२,

कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड-१९ को संक्रमणमुक्त भएका छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमित छैनन्। आजसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना संक्रमण शून्यमा झरेको हो।

मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले सुर्खेतमा ११ सक्रिय संक्रमित रहेको जनाएको छ। हालसम्म सुर्खेतमा तीन हजार २६५ जनामा संक्रमण पुष्टि भएको छ। दैलेखमा एक हजार ६८५, सल्यानमा ६९३, जुम्लामा ४२३, कालीकोटमा ३३३, रुकुम पश्चिममा २५७, जाजरकोटमा १५९, हुम्लामा ६१, मुगुमा ४१ र डोल्पाका ४४ जनामा संक्रमण देखिएको थियो।

अन्य प्रदेशका ५९८ तथा भारतका पाँच जनामा पनि कर्णालीमै कोरोना पुष्टि भएको थियो। प्रदेशमा हालसम्म सात हजार ५५४ जनामा कोरोना संक्रमण देखिएको छ।

तीमध्ये सात हजार ३८१ संक्रमणमुक्त भएका हुन्। कर्णालीमा संक्रमण पुष्टि भएका ३१ जनाको मृत्यु भएको छ। त्यस्तै, कर्णालीमा कोरोना भाइरसविरुद्धको २६ हजार ९९० जनाले खोप लगाइसकेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad