समाज


उदयपुरकी किशोरीलाई भक्तपुर ल्याएर पटक पटक बलात्कार, आरोपी पक्राउ

उदयपुरकी किशोरीलाई भक्तपुर ल्याएर पटक पटक बलात्कार, आरोपी पक्राउ

नेपालखबर
फागुन २४, २०७७ सोमबार १६:१४,

१७ वर्षीया किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिराहाको धनगढी नगरपालिका–४ सन्तनगरका २७ वर्षीय दुर्गानन्द चौधरीलाई पक्राउ गरेको छ।

उनले किशोरीलाई यही फागुन ११ देखि १४ गतेसम्म मध्यपुरथिमि नगरपालिका–३ कौशलटारस्थित आफ्नै कोठामा ल्याएर बलात्कार गरेको आरोप लागेको छ।

उदयपुर गाईघाटकी ती किशोरीलाई विभिन्न प्रभोलनमा पारी विवाह गर्छु भन्दै कोठामा ल्याई जबर्जस्ती करणी गरेको पीडितले फागुन २१ गते जाहेरी दिएकी थिइन्।

प्रहरीले चौधरीलाई कौशलटारस्थित कोठाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। प्रहरीले आज भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान र कारवाही अगाडि बढाएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .