महाशिवरात्रि पर्वका दिन भोलि बिहीबार काठमाडौंका विभिन्न स्थानमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।
रामशाहपथस्थि तमहानगरीय ट्राफिक प्रहरी महाशाखाले अग्रिम सूचना जारी गरी पशुपतिनाथ मन्दिर आसपासका रुटमा यातायात बन्द गर्ने जानकारी गराएको हो। सट्टामा वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ।
महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘महाशिवरात्रि पर्वका दिन चक्रपथमा चल्ने यातायात सेवा सुचारु गरिनेछ। तर दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरिनेछ।’
हेर्नुहोस्, सूचना :

3
Shares

प्रतिक्रिया