समाज


गौतमबुद्ध विमानस्थलमा विमान दुर्घटना भएपछि ...

गौतमबुद्ध विमानस्थलमा विमान दुर्घटना भएपछि ...

प्रकाश न्यौपाने
चैत ६, २०७७ शुक्रबार १०:१५,

शुक्रबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एकाएक ठूलो आगो बल्यो।

बिहानै विमानस्थलमा आगो बलेको देखेपछि धेरैले आगालागी वा विमान दुर्घटनाको अनुमान गरे। तर, त्यो वास्तविक आगालागी वा विमान दुर्घटना भने थिएन।

विमानस्थलमा हुनसक्ने विमान दुर्घटना र त्यसपछिको उद्दार, आगालागी नियन्त्रण कसरी गर्ने भन्नेबारे अभ्यास गरिएको हो।

bhairahawa-pic_2.JPG

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार विमानस्थलमा फायर फाइटर, नेपाली सेना, जनपद प्रहरी, एअरलाइसन्स कम्पनीहरु, चिकित्सकको भूमिकालाई समेटेर आपतकालीन अभ्यास गरिएको हो। यो अभ्यासले भविष्यमा हुनसक्ने दुर्घटना र त्यसपछिको क्षतिलाई कम गर्न सहयोग पुग्ने नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका उपमहानिर्देशक छविलाल खनालले बताए।

bhairahawa-pic_3.JPG

‘यो अभ्यासले यदि दुर्घटना भइहाल्यो भने कसरी छिटो उद्धार गर्ने, आगालागी नियन्त्रण गर्ने, घाइतेहरुको व्यवस्थापन र उपचार विधि, उद्धारकर्ताले खेल्नु पर्ने भूमिका, एकअर्काबीचको समन्वयलाई प्रभावकारी बनाउन मद्दत गर्छ’, खनालले भने।

उद्धार अभ्यासका लागि खनालपुर विमानस्थलबाट १५ जना यात्रु बोकेर गौतमबुद्ध विमानस्थल भैरहवा आउँदै गरेको अल्फा एयरलाइन्सको ९ एनएएको विमान अवतरण गर्ने क्रममा दुर्घटना भई आगालगी भएको डमी प्रस्तुत गरिएको थियो।

bhairahawa-pic_4.JPG

यस्तै, दुर्घटनामा विमानमा लागेको आगो नियन्त्रण गर्ने तरिका, घाइते यात्रुहरुको उद्धार र उपचार विधिबारे प्रस्तुती देखाइएको थियो। अन्तर्राष्ट्रिय विमानस्थलमा यस्ता अभ्यास हुने गरे पनि आन्तरिक विमानस्थलमा वृहत अभ्याससहित पहिलो पटक उद्धार अभ्यास गरिएको हो।

व्यवहारिक अभ्यास र आपतकालीन अवस्थामा अपनाउनु पर्ने कामबारे प्राविधिकलाई जानकारी दिइएको छ। गौतमबुद्ध विमानस्थल नेपालको आन्तरिकतर्फ सबैभन्दा व्यस्त विमानस्थल हो। विमान दुर्घटना भएको अवस्थामा विमानस्थल सञ्चालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास गर्न डमी अभ्यास गरिएको गौतम बुद्ध विमानस्थलका महानिर्देशक टेकराज पोखरेलले जानकारी दिए।

bhairahawa-pic_5.JPG

‘उद्धार अभ्यास भइरहन्छ, यसपल्ट हामीले फुलफेजमा अभ्यास गरेका हौं, छिट्टै यहाँबाट अन्तर्राष्ट्रिय उडान हुने भएकाले पनि यसको महत्व धेरै छ’, उनले भने।

यो अभ्यासले भोलिका दिनमा विमान वास्तविक रुपमा दुर्घटना हुँदा नआत्तिकन मनोबल बढाउँदै उद्धारमा सहज हुने प्रतिष्ठानको विश्वास छ। ५ दिनसम्म ८ जना प्राविधिकलाई प्रतिष्ठानले तालिम दिए पछि दुर्घटनापछि उद्धार गर्ने तरिकाबारे अभ्यास गरिएको हो।

bhairahawa-pic_6.JPG

अभ्यासका क्रममा फायर फाइटर, नेपाली सेना, जनपथ प्रहरी, एम्बुलेन्स चालक, एअरलाइन्स कम्पनी, विमानस्थलका कर्मचारीहरुले दुर्घटनाकै झल्को दिने गरी उद्धारमा खटिएर अभ्यास गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .