समाज


राष्ट्रिय सभा उपाध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अवलोकन, २७ प्रतिशत काम पूरा

राष्ट्रिय सभा उपाध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अवलोकन, २७ प्रतिशत काम पूरा

नेपालखबर
चैत १३, २०७७ शुक्रबार १४:३०,

राष्ट्रिय सभामा उपाध्यक्ष शशिकला दाहालले निर्माणाधीन संघीय संसद भवनको अवलोकन तथा निरीक्षण गरेकी छन्। उपाध्यक्ष दाहालले सिंहदरबार परिसरमा निर्माण भइरहेको संघीय संसद भवनको शुक्रबार अवलोकन तथा निरीक्षण गरेकी हुन्।

अवलोकनका क्रममा उपाध्यक्ष दाहालले संसद भवन निर्माण गर्दा गुणस्तरमा कुनै पनि सम्झौता नगर्न आग्रह गरिन्।

‘संसद भवन निर्माणको क्रममा यसको गुणस्तरमा कुनै पनि कमी हुनुहुँदैन, उपाध्यक्ष दाहालले भनिन्, ‘काम गर्दा आइपर्ने अप्ठ्याराहरु के कस्ता छन्, हामीलाई भन्नुहोस् तर गुणस्तरमा कुनै सम्झौता नहोस्।’

सरकारी पक्षबाट संसद भवन निर्माणको काम हेरिरहेको विशेष भवन निर्माण आयोजना अन्तर्गत संसद भवन निर्माण साइट इञ्जिनियर धर्मेन्द्र पन्थीले अहिलेसम्म २७ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए। भवन निर्माणकै क्रममा कोरोना महामारी फैलिएपछि निर्धारित समयभित्र काम सक्न गाह्रो भएको र सरकारले ६ महिना थप गरेको बताए।

उनका अनुसार ३ वर्षमा काम सम्पन्न गर्ने सम्झौता भएकोमा त्यसमा ६ महिना थप गरी ४२ महिना बनाइएको छ। पन्थीले भवन निर्माणका लागि सामग्री आयातमा सबैभन्दा ठूलो समस्या भएको बताए। विदेशबाट ल्याउनुपर्ने सामग्री र स्वदेशकै निर्माण सामग्री पनि ल्याउन समस्या भएकोले आफूहरुलाई अप्ठ्यारो भएको जानकारी दिए।

उपाध्यक्ष दहाललाई साइट इञ्जिनियर पन्थीका साथै कन्सल्टेन्ट इन्द्रबहादुर श्रेष्ठ र संसद भवनको निर्माण गरिरहेको टुन्डी शेक जेभीका प्रोजेक्ट म्यानेजर काशी डोटेलले संसद भवन निर्माणमा भएको प्रगति र समस्याका बारेमा जानकारी गराउनुका साथै फिल्ड अवलोकन गराएका थिए।

सिंहदरबारको १५१ रोपनी क्षेत्रफलमा बन्न थालेको संघीय संसद भवनको शिलान्यास २०७६ असोजमा भएको थियो। ३ वर्षमा सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा ६ महिना थप गरेपछि भवन निर्माणको काम २०८९ चैत १५ गतेसम्म गरिसक्नुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad