गएको २४ घण्टामा देशका विभिन्न ३४ स्थानमा आगलागीका घटना भएका छन्। ती घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गुल्मी
पाल्पा र साेलुखुम्बुका तीन/तीन स्थान, कैलाली, सुनसरी, ताप्लेजुङ, झापा, सर्लाही र सप्तरीका दुई/दुई स्थान तथा कपिलवस्तु, सिरहा, रौतहट, काठमाडौं, पर्वत, उदयपुर, ओखलढुङ्गा, संखुवासभा, मोरङ, खोटाङ, दार्चुला, कास्की, रसुवा र भोजपुरका एक/एक स्थानमा आगलागी भएका छन्।
गुल्मीको गुल्मी दरबार गाउँपालिका–१ कुर्लिचौर बस्ने नर्ष ४२ की एक महिला घरमा खाना पकाउने क्रममा अचानक निजले लगाएको कपडामा आगो सल्कि घाइते भई मिशन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको छ।
यस्तै, माथागढी गाउँपालिका४ पोखरा भन्ज्याङस्थित जंगलमा लागेको आगो निभाउने क्रममा नर्ष अन्दाजी ६५/६६ को १ पुरुषको घटनास्थलमा नै मृत्यु भएको छ।
यता, पाल्पाको माथागडि गाउँपालिका–४ स्थित एक गोठमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा दुई जना घाइते भएका छन्।
त्यस क्रममा घर, गोठमा रहेको ३ वटा खसी, २ वटा बाख्रा र १ वटा भैँसीको मृत्यु हुनुका साथै लत्ताकपडा, अन्नपात, भाडावर्तन, नगद, सुन समेत जली २४ लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया