बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघले आक्रमण गरी हात्ती चराउँदै गरेका माहुते मारेको छ।
आइतबार हात्ती चराउँदै घाँस काट्दै गरेका बेला बाघले हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीलाई मारेको हो।
बर्दिया राष्ट्रिय निकुञ्जको गैंडा मचानतर्फ सहकर्मी अन्जय चौधरीसँगै हात्ती चढेर उनी गैंडा गणनामा संलग्न थिए। दिउँसो निकुञ्ज मुख्यालयनजिक हात्तीसारमा खाना खाएर दुवै पुनः वनभित्र पसेका थिए।
गर्मी निकै भएका कारण चौधरी हात्तीलाई नुहाउन खोलामा पसे। पुलिसराम भने केही पर गैंडा मचान क्षेत्रमा हात्तीका लागि घाँस काट्न थाले। त्यही बेला उनलाई एक्कासि बाघले आक्रमण गरेको हो।

प्रतिक्रिया