समाज


२४ घण्टामा २५ सय ५९ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

२४ घण्टामा २५ सय ५९ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार ११:२३,

गएको २४ घण्टामा नेपालमा दुई हजार ५५९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

कूल ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ।

यसैगरी काठमाडौं उपत्यकामा ९४० जना संक्रमति थपिएका छन्। काठमाडौंमा ७६०, भक्तपुरमा ७४ तथा ललितपुरमा १०६ रहेको छ।

आज ४१० जना निको भएका छन्। नेपालमा हालसम्म २ लाख ७६ हजार ७५५ जना निको भएका छन्।

यस्तै, आज ५ जनाको मृत्यु भएको छ। नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ। यसमध्ये ५२ जना आईसीयूमा १७० तथा ५९ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad