समाज


चार दिनमा काठमाडौँ महानगरका ४३ हजार १८ जनाले लगाए भेरोसेल खोपको दोस्रो मात्रा

चार दिनमा काठमाडौँ महानगरका ४३ हजार १८ जनाले लगाए भेरोसेल खोपको दोस्रो मात्रा

नेपालखबर
जेठ ६, २०७८ बिहिबार ६:४४,

जेठ २ देखि ५ गतेसम्ममा काठमाडौँ महानगरका खोप केन्द्रबाट ४३ हजार १८ जनाले कोभिडविरुद्धको खोप भेरोसेल (चाइनिज खोप) लिएका छन्।

यो संख्या महानगरका वडास्तरीय ३२ वटा खोप केन्द्र र त्रिवि शिक्षण अस्पतालमा भएको एउटा गरी ३३ वटा खोप केन्द्रको संख्या हो। यसमा २३ हजार ४८५ जना पुरुष र १९ हजार ५३३ जना महिला रहेको महानगरले जनाएको छ।

जेठ ५ गते मात्र ५ हजार ८४७ पुरुष र ५ हजार ८९४ जना महिला गरी ११ हजार ७४१ जनाले खोप लिएका थिए।

यीमध्ये सबैभन्दा धेरै वडा २६ को खोप केन्द्र वडा लैनचौर २ हजार ४९२ जनाले खोप लिएका छन् भने त्यसपछि वडा १६ को १६ को बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र जुडो हल केन्द्रबाट २ हजार ४२७ जनाले खोप लिए।

तेस्रोमा वडा ३२ बाट २ हजार ३८५ जनाले खोप लिएका छन्।

महानगरका ११ वटा वडामा खोप लिनेको संख्या १ हजारभन्दा कम रहेको छ।

यी वडाहरुमा सबैभन्दा थोरै, वडा १९ बाट १ सय ९७ जनाले, त्यसपछि वडा २० मा ३ सय ९४ जना र तेस्रोमा वडा २४ मा ४०८ जनाले खोप लिएका छन्।

त्यसपछि वडा २१, २८, २३, २२, १८, ८, २५ र ३० मा क्रमशः ४ सय १९, ४ सय ४२, ४ सय ८७, ५ सय २५, ७ सय ६, ७ सय २९, ८ सय १३ र ९ सय ५ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको वैशाख २५ गतेको निर्णयअनुसार महानगरपालिकासहित जेठ २ गतेबाट काठमाडौँ जिल्लामा कोविड १९ विरुद्धको चिनियाँ खोप भेरो सेलको दोस्रो मात्रा लगाउन सुरु गरिएको हो।

यसमा ०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा खोप लिएकाहरुलाई जेठ २ गते दोस्रो डोज लगाइएको थियो ।

जेठ ११ गतेसम्म चल्ने खोपमा (०७७) चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म पहिलो मात्रा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइँदैछ । यसका लागि तोकिएका दिनमा तोकिएका आफूलाई नजिक पर्ने खोप केन्द्रमा गएर खोप लगाउने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad