औषधि व्यवस्था विभागले कोरोना विरुद्धको चिनियाँ खोप ‘कोरोनाभ्याक’लाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ।
चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले बनाएको कोरोनाविरुद्धको खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइएको हो। यो खोप डब्लूएचओबाट अनुमति पाउने दोस्रो चिनियाँ कोरोना खोप बनेको छ।
विभागले विज्ञप्ति जारी गरेर ‘कोरोनाभ्याक’ लाई आपतकालिन प्रयोगको अनुमति प्रदान गरिएको जानकारी दिएको हो। यो खोप आयातका लागि बायोमेट्रिक्स प्रालीले आवदेनसमेत दिइसकेको विभागले जनाएको छ।
विभागले यसअघि चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल खोपलाई पनि नेपालमा प्रयोगको अनुमति प्रदान गरेको थियो। डब्लूएचओले उक्त खोप १८ वर्ष र त्यसभन्दा माथिका उमेर समूहलाई लगाउन सिफारिस गरेको छ।
दुईदेखि चार हप्ताको बीचमा ‘कोरोनाम्याक’ खोप दुई मात्रा लगाइसक्नुपर्ने डब्लुएचओले जनाएको छ।
प्रतिक्रिया