समाज


कतारमा दिउँसोको चर्को घाममा काम लगाउने ५४ कम्पनीलाई कारबाही

कतारमा दिउँसोको चर्को घाममा काम लगाउने ५४ कम्पनीलाई कारबाही

नेपालखबर
जेठ २३, २०७८ आइतबार २:११,

कतार सरकारले दिउँसोको चर्को घाममा काम लगाउने ५४ वटा कम्पनीलाई कारबाही गरेको छ। कतारमा दिउँसोको चर्को घाममा काम लगाउन प्रतिवन्ध छ।

मजदुरलाई दिउँसोको चर्को घाममा काम लगाउने कम्पनीलाई कारबाही गरिएको त्यहाँको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले जनाएको छ।

कतारमा जुन १ देखि सेप्टेम्बर १५ सम्म बिहान १० देखि दिउँसो साढे ३ बजेसम्म घर बाहिर काम लगाउन नपाइने नियम छ।। दिउँसो हुने उच्च तापक्रमबाट मजदुरलाई बचाउन यस्तो नियम बनाइएको सरकारले जनाएको छ।

खाडीका बहराइन, कुवेत र ओमनले १ जुलाईदेखि ३१ अगस्टसम्म, साउदी अरब र यूएईले १५ जुनदेखि १५ सेप्टेम्बरसम्म दिउँसोको समयमा मदजुरलाई बाहिर काम लगाउन नपाइने नियम कार्यान्वयनमा ल्याएका छन्।

त्यसैगरी बहराइनले मध्याह्न १२ देखि ४ बजेसम्म, कुवेतले बिहान ११ देखि ४ बजेसम्म, ओमनले मध्याह्न १२ः३० देखि ३ः३० सम्म, साउदीले १२ देखि ३ बजेसम्म र यूएईले १२ः३० देखि ३ बजेसम्म काम गराउन रोक लगाएका छन् ।

खाडीमा झन्डै ११ लाख नेपाली कार्यरत छन्। साउदी र कतारमा नेपाली कामदारको मृत्युदर उच्च छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .