समाज


गाई काटेको आरोपमा काभ्रेबाट २ महिला र १ पुरुष पक्राउ

गाई काटेको आरोपमा काभ्रेबाट २ महिला र १ पुरुष पक्राउ

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार १०:४७, काभ्रे

गाई काटेर बोरामा मासु बोकेर हिँड्दै गरेको आराेपमा काभ्रेबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

सोमबार साँझ धुलिखेल नगरपालिका-१२ ठूलीचौर जंगलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका- ११ जिमिरेका ५६ वर्षीय इन्द्र बहादुर तामाङ, काभ्रेकै चिल्ले घर भएकी ३५ वर्षीया शान्ता लामा र झापा घर भई काभ्रेको डाँडा कटेरी माइत भएकी २६ वर्षीया ठूली तामाङ छन्। 

ठूलीचौर जंगलमा गाई काटेर बोरामा मासु लिएर नमोबुद्ध- ११ तर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट गाईको छाला र खुट्टाहरु पनि बरामद भएको प्रहरीको भनाई छ। नेपालको संविधानले गौहत्यालाई निषेध गरेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .