ad ad

समाज


५ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेर फरार अभियुक्त २० वर्षपछि समातिए

५ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेर फरार अभियुक्त २० वर्षपछि समातिए

नेपालखबर
साउन १५, २०८० सोमबार १३:२६, काठमाडौँ

एकजना ५ वर्षीया नाबालिकालाई बलात्कारपछि हत्या गरेर फरार भएका अभियुक्त घटनाको २० वर्षपछि पक्राउ परेका छन्। 

२०६० असोज १८ गते हेटौंडा-११ सिमलटार बस्ने प्रेमबहादुर थापा क्षेत्रीकी ५ वर्षीया नाबालिका छोरीलाई बलात्कारपछि हत्या गरेर फरार सोमबहादुर राईलाई जिल्ला प्रहरी कार्यालयको समन्वयमा बागमती प्रदेश प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो। 

सोमबहादुरले बलात्कारपछि हत्या गरेको अवस्थामा ती बालिकाको शव मकवानपुरको साविक हेटौंडा-१० राप्ती खोलाको पानीमा ढुंगाले च्यापिएको अवस्थामा भेटिएको थियो।

पक्राउ गरिएका प्रतिवादी मकवानपुरको हेटौंडा-११ सिमलटार बस्ने सोमबहादुर त्यसबेला २५ वर्षका थिए। अहिले उनी ४५ वर्षका भइसकेका छन्। 

बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी दीपक रेग्मीले राईलाई यही शनिबार ललितपुरको गोदावरी नगरपालिका १४ बाट पक्राउ गरिएको जानकारी दिए। 

उनलाई जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको रेग्मीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .