ad ad

समाज


दैलेखमा ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धले पाए २५ वर्ष कैद सजाय

दैलेखमा ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धले पाए २५ वर्ष कैद सजाय

दिनेश बुढा
पुस १७, २०८० मंगलबार १३:३८, दैलेख

सोमबार (पुस–१६ गते) दैलेख जिल्ला अदालतले बालिका बलात्कार गर्ने एक वृद्धलाई जन्मकैदको सजाय सुनाएको छ। नौ वर्षीया बालिकालाई बलात्कार गर्ने ८६ वर्षीय प्रजापति रेग्मीलाई २५ वर्ष कैद सजाय सुनाइएको हो। 

न्यायाधीश बलराम लम्सालको इजलासले नारायण नगरपालिका–८ ढकाने दैलेखका ८६ वर्षीय रेग्मीले बालिकालाई बलात्कार गरेको ठहर गर्दै सजाय सुनाएको हो।

दैलेख जिल्ला अदालत सूचना अधिकारी हरिप्रसाद उपाध्यायले बालिका बलात्कार कसुरमा रेग्मीलाई २५ वर्ष कैद, सात लाख रुपैयाँ जरिबाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको नेपालखबरलाई जानकारी दिए।

मुलुकी अपराध सहिंता २०७४ को दफा २१९ को उपदफा ३ मा पीडितको उमेरअनुसारको कैद सजाय व्याख्या गरिएको छ। जसमा १० वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे जन्मकैद हुने उल्लेख गरिएको छ। सोही कानूनअनुसार रेग्मीलाई जन्मकैदको सजाय सुनाइएको हो। 

सूचना अधिकारी उपाध्यायका अनुसार बालिकालाई बलात्कार गरेको आरोपामा रेग्मी २०७९ चैतमा पक्राउ परेका थिए। 

रेग्मीलाई प्रहरीले पक्राउ गरिसकेपछि बालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो। २०७९ चैत २३ गते रिपोर्ट आउँदा बालिकालाई बलात्कार भएको पुष्टि भएको थियो। 

त्यसपछि उक्त प्रतिवेदनको आधारमा रेग्मीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले २०८० वैशाख १४ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी अभियोग दर्ता गरेको थियो। 

त्यतिखेरै पक्राउ परेका रेग्मीलाई अभियोग सम्बन्धमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट पुर्पक्षका लागि दैलेख कारागार थुनामा पठाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .