समाज


धनकुटामा डढेलोमा जलेका बालकको काठमाडौँ ल्याउँदै गर्दा मृत्यु

धनकुटामा डढेलोमा जलेका बालकको काठमाडौँ ल्याउँदै गर्दा मृत्यु

नेपालखबर
चैत २७, २०८० मंगलबार ८:५९, धनकुटा

धनकुटामा डढेलोमा जलेर गम्भीर घाइते भएका एक बालकको मृत्यु भएको छ। 

धनकुटा नगरपालिका- ३ कागते निवासी राजु श्रेष्ठका छोरा ३ वर्षीय विवेकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। 

आइतबार दिउँसो घर नजिकै जंगलमा लागेको डढेलोमा परेर श्रेष्ठका १० वर्षीय छोरा रोशन र ३ वर्षीय छोरा विवेक गम्भीर घाइते भएका थिए। 

विवेकलाई विराटनगरबाट थप उपचारको लागि काठमाडौँ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। 

आगोमा जलेर गम्भीर घाइते भएका दुबै बालकलाई धनकुटामा प्रारम्भिक उपचार गरी थप उपचारको लागि विराटनगरस्थित आर्या न्यूरो अस्पताल लगिएको थियो। विवेकको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको हो। 

घर नजिकै बारीमा सुकेको झारपात भेला पारेर लगाइएको आगो नियन्त्रण बाहिर जाँदा डढेलोको रुपमा फैलिएको थियो। सोही डढेलोमा परेर दुई बालक गम्भीर घाइते भएका थिए। विवेकको घाँटी मुनी सबै शरीर आगोले जलेको चिकित्सकले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .