झापामा एकजना सवारी चालकको गाडी चलाउँदै गर्दा मृत्यु भएको छ।
कमल गाउँपालिका-५ सीतापुरीचोकस्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश नम्बर १-०४-००१च.००८० नम्बरको स्कारर्पिओ गाडी चलाउँदै गर्दा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मृत्यु हुनेमा मोरङको शनिश्चरे नगरपालिका-९ बस्ने ४५ वर्षीय योगेश धिमाल छन्।
बिहीबार साँझ गाडी लिएर बिर्तामोडबाट पथरीतर्फ जाँदै उनी अचानक गाडी भित्रै बेहोस भएका थिए।
असहज भएपछि गाडी सडक किनारामा रोकेका उनी तत्कालै बेहोस भएका यात्रुहरूले बताएका छन्।
उनलाई सोही गाडीमा सवार यात्रुले तत्कालै स्थानीयको पनि सहयोग लिएर उपचारको लागि निम्स अस्पताल दमक पुर्याएका थिए। तर, उनको अस्पताल पुर्याउँनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको मृत्युको कारण अस्पताले सार्वजनिक गरेको छैन।
घटनाको अनुसन्धान तथा कानुनि प्रकृयाको लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी अधिकारी खटिएका छन्।
मृतक शव पोष्टमार्टमको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे उर्लाबारी मोरङ पठाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया