समाज


राति प्रसारण लाइन मर्मत गर्न गएको प्राधिकरणको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १ घाइते

राति प्रसारण लाइन मर्मत गर्न गएको प्राधिकरणको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १ घाइते

सुमन सुस्केरा
असार ३०, २०८३ मंगलबार ८:२९, विराटनगर

सुनसरीको दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा आएको अवरोध हटाउन रातिको समयमा कार्यक्षेत्रमा खटिएको नेपाल विद्युत प्राधिकरणको टोली गाडी दुर्घटनामा परेको छ।

कोुट्ठ लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिकै सोमबार राति गुडिरहेको स्कोरपिओ अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक कर्मचारी घाइते भएकाे प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरूमा धरान उपमहानगरपालिका–१३ का करिब ३३ वर्षीय गाडी चालक बिर्खबहादुर राई र धरान–१६ का करिब ४९ वर्षीय सुमन आचार्य रहेका छन्।

राई करार सेवाका चालक र आचार्य प्राधिकरणका स्थायी हेल्पर हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो। अस्ताल पुर्‍याउनासाथ चिकित्सकले गए राति करिब १२ः४५ बजे उनीहरूलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार, धरानबाट इटहरीतर्फ आउँदै गरेको उक्त सवारी साधन सेउती पुलबाट करिब २०० मिटर दक्षिण तरहरातर्फ आइपुग्दा आफैं अनियन्त्रित भई सडकमा पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सोमबार राति ९ः५४ बजे दुहबी–धरान प्रसारण लाइनमा समस्या देखिएपछि मर्मत तथा पेट्रोलिङका लागि टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

लाइनको समस्या पहिचान गरी मर्मत गर्ने उद्देश्यले हिँडेको प्राधिकरणको बा.१ ञ १६५१ नम्बरको स्कोरपिओ राति ११ः४० बजेतिर दुर्घटनामा परेको नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख हरिराम पोखरेलले जानकारी दिए। 

​दुर्घटनामा धरान–२० का करिब ३२ वर्षीय पदम राई घाइते भएका छन्। उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad