ad ad

समाज


रुकुम दुर्घटना : घाइते प्रहरी जवानको मृत्यु

रुकुम दुर्घटना : घाइते प्रहरी जवानको मृत्यु

नेपालखबर
साउन २८, २०७९ शनिबार १७:३१, काठमाडौँ

रूकुम पूर्वमा भ्यान दुर्घटना हुँदा घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ। पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरामा जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटनामा भएको थियो।

दुर्घट्नामा दुई डीएसपीसहित ६ प्रहरी घाइते भएका थिए। गम्भीर घाइते भएका प्रहरी जवान लक्ष्मण पुनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु प्रदेश प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए।

रोल्पाको सुनिल स्मृति गाउँपालिकाका ३० वर्षीय पुन जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वमा कार्यरत थिए। 

लु १ झ ६६० नम्बरको भ्यान दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ पनि घाइते भएका थिए।

दुर्घटनाका घाइतेहरुलाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको थियो। घाइतेहरुको नेपालगञ्जमै उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .