ad ad

समाज


सर्लाहीमा पार्किङमा राखेको बसमा मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु, अर्का युवक गम्भीर घाइते

सर्लाहीमा पार्किङमा राखेको बसमा मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु, अर्का युवक गम्भीर घाइते

नेपालखबर
चैत १३, २०८० मंगलबार १२:१, सर्लाही

सर्लाहीको हरिवनमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का युवक गम्भीर घाइते भएका छन्। 

पूर्वपश्चिम राजमार्ग नजिकै रहेको हरिवन नगरपालिका- ९ बिष्णुपुरको भित्री सडकमा मंगलबार बिहान साढे ३ बजे भएको दुर्घटनामा रौतहटको चन्द्रपुर नगरपालिका- २ जुडिबेला घर भएका करिब २२ वर्षीय सुमन दनुवारको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। 

प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिल गिरीका अनुसार सडक छेउमा पार्किङ गरेर राखेको ग १ ख ८६०९ नम्बरको बसमा तीव्र गतिमा रहेको बा ३८ प ४२८५ नम्बरको मोटरसाइकल आफैँ पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो। 

दुर्घटनामा हरिवन- ९ दनुवारीका २० वर्षीय रोहन दनुवार गम्भीर घाइते भएका छन्। उनलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपछि थप उपचारको लागि वीरगञ्ज लगिएको छ। वीरगञ्जस्थित बयोधा अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका सुमनलाई प्रहरीले घटनालगत्तै एम्बुलेन्समा राखेर प्रादेशिक अस्पताल पुर्याएको थियो। त्यहाँ पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका इन्सपेक्टर गिरीले बताए। 

मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। घटनास्थलबाट प्रहरीले ड्युको बोतलमा भरिएको एक जम्बो घरेलु मदिरा पनि बरामद गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .