समाज


पत्रकार थपलियालाई उपसचिव केसीको धम्की: तँलाई गोली हानेर मार्छु, २० वर्ष जेल बस्छु

पत्रकार थपलियालाई उपसचिव केसीको धम्की: तँलाई गोली हानेर मार्छु, २० वर्ष जेल बस्छु

पत्रकार अर्जुन थपलिया र उपसचिव श्रीधर केसी


नेपालखबर
चैत २३, २०८० शुक्रबार १६:६, सिराहा

सिराहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) श्रीधर केसीले पत्रकार अर्जुन थपलियालाई गोली हानेर मार्ने धम्की दिएका छन्। 

नगरपालिकामा भएको अनियमितताको समाचार लेखेको निहुँमा केसीले आफूलाई मार्ने धम्की दिएको पत्रकार थपलियाले बताए। 

गोलबजार नगरपालिका-२ निवासी थपलिया दावानल अनलाइनका कार्यकारी सम्पादक हुन्।

आफूलाई गोली हानेर मार्ने भनेर केसीले दिएको धम्कीको अडिओ सम्वादसमेत पत्रकार थपलियाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

जसमा उपसचिवि केसीले पटक पटक अश्लील शब्द बोल्दै पत्रकार थपलियाको हत्या गर्ने धम्की दिएको सुन्न सकिन्छ। 

‘तपाईं कहाँ हुनुहुन्छ म त्यही आउँछु। तपाईंलाई गोली हानेर मार्छु अनि २० वर्ष जेल बस्छु,’ उपसचिव केसीले फोनमा भनेका छन्, ‘मेरो पछाडि तपाईं लाग्नु छाड्नु भएन भने तपाईंको पछि म लाग्छु। यो तपाईंलाई मेरो धम्की भयो।’ 

उपसचिव केसीले पत्रकार थपलियालाई ज्यान मार्ने भनेर दिएको धम्कीप्रति पत्रकार महासंघ सिराहा, प्रेस चौतारी, प्रेस सेन्टर लगायत संघ संस्थाले भत्सर्ना गरेका छन्। 

महासंघ सिराहाका अध्यक्ष मनोज बनैता यादव, प्रेस चौतारी सिराहाका अध्यक्ष शिवकुमार साह र प्रेस सेन्टर सिराहाका अध्यक्ष आशीष विश्वकर्माले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी पत्रकार थपलियालाई मार्ने भनेर धम्की दिने केसीलाई कानुनी कारबाही गर्न माग गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .