बझाङ सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
गए राति १० बजे पुरानो बसपार्कमा डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका-६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिए।
चालक कठायत सिटमुनि च्यापिँदा घटनास्थलमै उनको मृत्यु भएको चौधरीले बताए। कठायतको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ। रासस
21
Shares
प्रतिक्रिया