ad ad

खेल


टोक्यो ओलम्पिक : उद्घाटन हुने दिन नै ३ खेलाडीसहित १९ जनामा कोरोना पुष्टि

टोक्यो ओलम्पिक : उद्घाटन हुने दिन नै ३ खेलाडीसहित १९ जनामा कोरोना पुष्टि

नेपालखबर
साउन ८, २०७८ शुक्रबार १३:४८,

टोक्यो ओलम्पिकको औपचारिक उद्घाटन हुने दिन आजै १९ जनामा कोभिड १९ पुष्टि भएको छ। 

गृष्मकालीन ओलम्पिकको ३२औँ संस्करणको आज शुक्रबार औपचारिक सुरुवात हुँदै छ। 

टोक्यो ओलम्पिकको उद्घाटनको दिनमा नै ३ खेलाडीसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

खेलाडीसहित मिडियाका ३ जना, खेल सम्बन्धित व्यक्ति १० जना र टोक्यो २०२० कन्ट्रयाक्टर ३ जान गरी १९ जनामा कोरोना संक्रमण देखिएको हो। 

कोरोना संक्रमण पुष्टि हुनेमा चेक रिपब्लिकका २ र नेदरल्यान्डका १ खेलाडीमा सक्रमण पुष्टि भएको जापानी सञ्चारमाध्यमले जनाएका छन्। 

कोरोना संक्रमणकै कारण ४ जना खेलाडीहरु ओलम्पिकबाट बाहिर भइसकेका छन्। 

कोरोना भाइरसको महामारीका कारण कडा स्वास्थ्य मापदण्ड लागू गरे पनि दैनिक रुपमा कोरोना संक्रमण पुष्टि भइरहेको छ। 

यति ठूलो मात्रामा कोरोना संक्रमण पुष्टि भएको यो नै पहिलो हो। यसअघि सर्वाधिक धेरै जुलाई १७ मा १५ जनामा कोभिड १० पुष्टि भएको थियो। 

योसँगै अहिलेसम्म ११ खेलाडीसहित १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दिनदिनै कोरोना संक्रमितको सख्यामा वृद्धि भएसँगै आयोजकमाथि चुनौती थपिएको छ। 

कोरोना भाइरसको महामारीकै कारण अगष्ट २२ सम्म टोक्योमा आपत्काल घोषणा गरिएको छ। सक्रमण फैलिन नदिन खेल स्थलमा दर्शकहरुलाई प्रवेश निषेध गरिएको छ। 

खेलाडी र प्रशिक्षकहरुलाई पनि खेल स्थल र ओलम्पिक भिलेजबाट बाहिर जान प्रतिबन्ध लगाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .