ad ad

खेल


टोक्यो ओलम्पिकको उद्घाटन, नेपालको मार्चपासमा एमाले सांसद तुलसा अघिअघि

टोक्यो ओलम्पिकको उद्घाटन, नेपालको मार्चपासमा एमाले सांसद तुलसा अघिअघि

नेपालखबर
साउन ८, २०७८ शुक्रबार १९:३९,

विश्व खेलकुदको कुम्भ मेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको जापानको राजधानी टोक्योमा भव्य समारोहबीच शुक्रबार उद्घाटन भएको छ। टोक्योस्थित ओलम्पिक स्टेडियममा विशेष समारोहबीच 'टोक्यो ओलम्पिक'को उद्घाटन गरिएको हो ।  

उद्घाटनमा नेपालको झण्डा पौडीबाज गौरीका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोकेका थिए। नेपालको मार्च पासमा जुडो खेलको व्यवस्थापकका रुपमा पुगेकी एमाले उपाध्यक्ष वामदेव गौतम पत्नी तुलसा थापा पनि देखिएकी छन्।

जुडो खेलसँग सम्बन्धित नै नरहेकी उनी टोक्यो ओलम्पिकमा सहभागी हुन खेल पदाधिकारीका रुपमा गएको भन्दै चर्को आलोचना भइरहेको छ। उनी संघीय संसदमा एमालेबाट समानुपातिक सांसद रहेकी छन्।

मार्च पासमा नेपालका सेफ द मिसनका रुपमा रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालसहित ६ पदाधिकारी सहभागी भए। टोक्यो ओलम्पिकमा नेपालबाट ४ खेलका लागि ५ खेलाडीले प्रतिस्पर्धा गर्दै छन्।

नेपालबाट ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठसहित २५ जना पदाधिकारी पुगेका छन्। टोक्यो ओलम्पिकमा सहभागी नै नभएका खेलका पदाधिकारी पनि नेपालबाट गएका छन्। टोक्यो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडी सहभागी छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .