नेपाली बलर करण केसीले ओमानकाे तीन विकेट झारेका छन्।
आईसीसी लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको हो।
छैटौँ ओभरको पाँचौँ बलमा दोस्रो विकेट लिएका करणले आयान खानलाई तेस्राे शिकार बनाएका हुन्।
नवाैँ ओभरकाे पाँचाैँ बलमा खानकाे विकेट लिएका हुन्।
दाेस्राे विकेट लिने क्रममा करणले ओमानका ओपनर सुफियान मेहमुदलाई ४ रनमा पवेलियन फर्काए भने पहिलाे विकेटमा ओपनर जतिन्दर सिंहलाई आउट गराएका थिए।
ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले फिल्डिङ गरिरहेको छ।
9
Shares
प्रतिक्रिया