ad ad

खेल


ईपीएलः ओसिलो आउट फिल्डका कारण आजको पहिलो खेल रद्द

ईपीएलः ओसिलो आउट फिल्डका कारण आजको पहिलो खेल रद्द

नेपालखबर
असोज ११, २०७८ सोमबार ११:५६, काठमाडौँ

एभरेष्ट प्रिमियर लिग (ईपीएल)को सोमबारको पहिलो खेल टस पनि हुन नसकी स्थगित भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने भनिएको काठमाडौं किग्स एलाभेन र विराटनगर वारियर्सबीचको खेल आइतबार परेको पानीका कारण ओसिलो आउट फिल्डका कारण हुन नसकेको हो। 

आयोजकका अनुसार खेल अर्को दिन हुने सम्भावना छ। 

चिसो मैदानका कारण २ घण्टाभन्दा ढिला गरी सुरु गर्ने तयारी गरिए पनि अम्पाएरले दुई टोलीसँगको छलफलपछि खेल पछि गर्ने निर्णय गरेको हो।

यसअघि भएको पहिलो खेलमा काठमाडौंले ललितपुर प्याट्रियट्समाथि ७ विकेटको जित निकालेको थियो। विराटनगर भने चितवन टाइगर्ससँग २ विकेटले पराजित भएको थियो। 

आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीच खेल हुँदै छ। 

चितवन लगातार दोस्रो जितको लक्ष्यमा हुँदा भैरहवा पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा चितवनले विराटनगरलाई २ विकेटले हराएको थियो। 

भैरहवाले भने वर्षाका कारण खेल प्रभावित हुँदा पोखरा राइनोज्सँग अंक बाँड्न बाध्य भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .