ad ad

खेल


पारसले हाले व्यवसायमा हात, ज्ञानेन्द्रसँग मिलेर खोले एकेडेमी

पारसले हाले व्यवसायमा हात, ज्ञानेन्द्रसँग मिलेर खोले एकेडेमी

नेपालखबर
असोज २६, २०७८ मंगलबार १२:३९, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले व्यवसाय सुरु गरेका छन।  साउन तेस्रो साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका पारसले मंगलबार उनले सामाजिक सञ्जालमार्फत् छिट्टै क्रिकेट एकेडेमीको सुरूआत गर्न लागेको जानकारी दिएका हुन। 

राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल साझेदार रहेको एकेडेमीको नाम 'क्रिकेट एक्सिलेन्स सेन्टर' राखिएको छ। 

३३ वर्षे अलराउण्डर पारसले १० एकदिवसीय अन्तर्राष्ट्रिय, ३३ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन। उनले टि-२० आईमा ७९९ तथा एकदिवसीय अन्तर्राष्ट्रियमा ३१५ रन बनाएका छन। 

एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय दुवै फर्म्याटमा शतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी हुन। एकदिवसीय अन्तर्राष्ट्रियमा २०१९ मा उनले यूएईविरुद्ध शतक प्रहार गरेका थिए। यस फर्म्याटमा हालसम्म अरु नेपाली खेलाडीले शतक प्रहार गर्न सकेका छैनन। 

मिडियम पेश र अफ स्पिन बलिङ गर्ने पारसले ओडिआईमा ९ र टि-२० आईमा ८ विकेट समेत लिएका छन। 

उनको कप्तानीमा नेपालले २०१४ को टी-२० विश्वकप खेल्दै टी-२० आईको मान्यता हासिल गरेको थियो। यस्तै २०१८ मा नेपाललाई उनले ओडिआई मान्यता दिलाए। 

२०१९ जनवरीमा यूएईसँग भएको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला नेपालले जित्दा उनको प्रदर्शन उत्कृष्ट थियो। उनको कप्तानीमा नेपालले २६ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दा ११ मा जित हात पारेको छ। यस्तै ६ एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल उनको कप्तानीमा उत्रिदा ६ खेलमा जित हात पारेको छ।

उनले २०२० मार्चमा थाइल्याण्डविरुद्ध एसीसी इस्टर्न रिजन टी-२० मा अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए। त्यसपछि इन्जुरी र कोरोनाभाइरसका कारण उनलाई मैदानमा देखिएको थिएन। 

२०२० को नोभेम्बरमा पारस आइसीसी मेन्स दशककै उत्कृष्ट एसोसियट क्रिकेटर अवार्डको मनोनयनमा समेत परेका थिए।

यो पनि: त्यो कठिन लक्ष्य : जहाँ पुग्ने प्रयत्नमा छन् पारस खड्का

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .