खेल


यू–२३ एसियन कप छनोट तयारी : नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै

यू–२३ एसियन कप छनोट तयारी : नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै

नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार १३:८, काठमाडौँ

एएफसी यू–२३ एसियन कप छनोटको तयारीमा रहेको नेपाली टोलीले आज इन्डोनेसियाको यु–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दै छ। 

खेल गस्सार सेन्ट्रल स्टेडियममा साँझ पौने ६ बजे हुनेछ। 

एसियन कप छनोटका लागि २३ खेलाडी र १२ अफिसियलसहित ३५ सदस्यीय नेपाली टोली मगंलबार ताजकिस्तान प्रस्थान गरेको थियो। 

नेपाल रहेको समूह ‘बी’मा आयोजक ताजकिस्तानसँगै इरान र लेबनान छन्। 

एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदै छ। छनोटअन्तर्गत नेपालले २५ अक्टोबरमा इरान, २८ अक्टोबरमा ताजिकिस्तान र लेबनानसँग ३१ अक्टोबरमा प्रतिस्पर्धा गर्नेछ। 

एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा छुट्टाएको छ। 

प्रतियोगिता सन् २०२२ को १ जुन  देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ। नेपालले अहिललेसम्म एएफसी यु २३ एसियन कपको छनोट चरण पार गर्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .