ad ad

खेल


क्यान र क्रिकेटरबीच सहमति : कप्तान नफेरिने, चार खेलाडीको ६ महिने प्रतिबन्ध फुकुवा

क्यान र क्रिकेटरबीच सहमति : कप्तान नफेरिने, चार खेलाडीको ६ महिने प्रतिबन्ध फुकुवा

फाइल तस्बिर


लक्ष्मी जि.सी
पुस १८, २०७८ आइतबार १८:२९, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) कारबाहीमा परेका खेलाडीहरूबीच सहमति भएको छ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दका अनुसार दुई पक्षबीच सहमति भएसँगै सोमबार बिहान ९ बजेसम्म सम्पूर्ण खेलाडी बन्द प्रशिक्षणमा सामेल हुनेछन्। 

सहमति अनुसार पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टमाथिको ६ महिने प्रतिबन्ध पनि फुकुवा भएको छ। 

यसअघि क्यानले अनुशासन उलंघन गरेको भन्दै तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीमाथि कारबाही चलाएको थियो।

अनुशासन उल्लंघन गरेको पाइएको भन्दै क्यानको बोर्ड बैठकले ज्ञानेन्द्र र दीपेन्द्रलाई कप्तान र उपकप्तानबाट पदमुक्त गरेको थियो। 

उनीहरुसँगै सोमपाल र कमललाई ६ महिनाको केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो। 

तर यो विवाद बढ्दै जाँदा सन् २०२२ मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि आगामी (फेब्रुअरी) महिना ओमानमा ग्लोबल छनोटको बन्द प्रशिक्षणका लागि बोलाइएकामध्ये १३ खेलाडीले रिपोर्टिङ गरेका थिएनन्।

सन् २०२२ मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि आगामी (फेब्रुअरी) महिना ओमानमा ग्लोबल छनोट हुँदैछ।

क्यानले बोलाएको होटल पुगेर सम्पर्कमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, विनोद भण्डारी, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा, अभिनास बोहरा, सुशन भारी, विक्रम सोब, रोहित कुमार पौडेल र नन्दन यादव थिए।

बन्द प्रशिक्षणमा बोलाइएकामध्ये आधा खेलाडी सम्पर्कमा नआएपछि यो प्रकरणलाई मिलाउन क्यानलाई दबाब परेको थियो। यस्तोमा दुई पक्षबीच सहमति भएसँगै अब बन्द प्रशिक्षण पनि अघि बढ्ने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .