कराँतेका मन्डेकाजी श्रेष्ठले सागमा नेपाललाई पहिलो स्वर्ण दिलाएका छन्। पाकिस्तानी खेलाडीलाई पराजित गर्दै मन्डेकाजीले व्यक्तिगत काँतामा स्वर्ण दिलाएका हुन्।
फाइनलमा मन्डकाजीले २५.७२ अंक ल्याउँदै पाकिस्ताका नैयामातुल्लाहलाई पराजित गरेका हुन्। नैयामातुल्लाहले २४.९२ अंक प्राप्त गरे।
यसअघि समूहमा मन्डेले २४.० अंक प्राप्त गर्दै फाइनलमा स्थान बनाएका हुन्। यस्तै अर्को समूहमा पाकिस्तानका नैयामातुल्लाहले २३.६८ अंक ल्याउँदै स्वर्णका लागि मन्डेसँगको भिडन्त पक्का गरेका थिए।
त्यसबाहेक समूहमा श्रीलंकाका साउथरासाले २१.१८, बंगलादेशका मोहम्मद हासिन्कले २२.८ अंक ल्याए। श्रीलंकाका सोन्थारारासा बालुराज पाकिस्तानका नियामतुल्लाहसँग पराजित हुँदै कास्यमा सिमित भए ।
१३औं दक्षिण एसियाली खेलकुद(साग)मा नेपालले पहिलो पदक जितेको छ।
त्यसअघि चञ्चला दनुवारले कराँतेको सिनियर महिला व्यक्तिगत कातातर्फ नेपाललाई रजत पदक दिलाएकी थिइन्। पाकिस्तानकी साइदासँग पराजित हुँदै नेपाल रजतमा खुम्चिएको थियो।
पाकिस्तानकी साइदाले २५.२८ अंक ल्याउँदै स्वर्ण पदक जितिन। चञ्चलाले २४.६२ अंक प्राप्त गरिन।
त्यसअघि पहिलो चरणमा चन्चला समूह ए बाट शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेकी थिइन्। चन्चलाले समूहमा भुुटानकी सोनाम ल्हामो र बंगलादेशकी हुमाइरा अख्तरलाई पछि पारिन्। समूह चरणमा चन्चलाले २४.०२ अंक जोडेकी थिइन।
यस्तै सोनामले २०.४२ अंक जोड्दा अख्तरले २१.६ अंक ल्याइन्।
अर्को समूहबाट पाकिस्तानकी साहिदा शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेकी थिइन्। समूहमा उनले चञ्चला भन्दा केही बढीमात्रै २४.८२ अंक प्राप्त गरेकी थिइन। यस्तै सोही समूहकी श्रीलंकाकी हेत्ती अर्चाचिलागेले २३.८८ अंक पाएकी थिइन।

प्रतिक्रिया