ad ad

खेल


एन्फाका नवनियुक्त अध्यक्ष नेम्वाङसहित नयाँ कार्यसमितिले गर्‍यो पदभार ग्रहण

एन्फाका नवनियुक्त अध्यक्ष नेम्वाङसहित नयाँ कार्यसमितिले गर्‍यो पदभार ग्रहण

शपथ तथा पदभार ग्रहण गर्दै एन्फाका नवनिर्वाचित कार्यसमिति। तस्बिर : विक्रम राई


नेपालखबर
असार ८, २०७९ बुधबार १८:२७, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनियुक्त अध्यक्ष पंकजविक्रम नेम्वाङले पदभार ग्रहण गरेका छन्। 

बुधबार नेम्वाङसहित नवनिर्वाचित कार्यसमितिले शपथ तथा पदभार ग्रहण गरेको हो। 

अध्यक्षको पदभार ग्रहणपछि नेम्वाङले पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाबाट जिम्मेवारी आफूहरुमा सरेको प्रतिक्रिया दिए। 

सोमबार भएको २१ औं चुनावी साधारणसभाले पंकज विक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो।

नेम्वाङले तत्कालीन अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले पछि पार्दै आगामी ४ वर्षका लागि नेतृत्वमा पुगेका थिए। नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत ल्याएका थिए। अध्यक्षका अर्का प्रत्यासी राजिव पौडेलले भने खाता नै खोल्न सकेनन्। 

साधारणसभामा १३ सदस्यमध्ये ११ जना मात्र निर्वाचित भएका छन्। बाँकी दुई सदस्यका लागि ४ उम्मेदवारको समान ३९ मत आएपछि पुनः निर्वाचन हुनेछ। समान मत आएमा पहिलो साधारण सभामा पुन मतदान गर्नुपर्ने प्रावधानका कारण पुनः मतदान हुनेछ।

सोमबार  रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, दीपक थापा क्षेत्री, दिपेन्द्र धिमाल समान मत पाएका थिए। 

वरिष्ठ उपाध्यक्षमा वीर बहादुर खड्का ४४, उपाध्यक्षमा दावा लामा ४८, विराटजंग शाही ४७, दीपक खतिवडा ४७ र दीर्घ बहादुर केसी (कुमार) ४२ मतसहित निर्वाचित भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .