खेल


इन्डोनेसियाको फुटबल स्टेडियममा भागदौड मच्चिँदा १२७ जनाको मृत्यु

इन्डोनेसियाको फुटबल स्टेडियममा भागदौड मच्चिँदा १२७ जनाको मृत्यु

नेपालखबर
असोज १६, २०७९ आइतबार ७:२६, काठमाडौँ

इन्डोनेसियाको एक फुटबल खेलमा भागदौड मच्चिँदा कम्तीमा १२७ जनाको मृत्यु भएको छ।

अधिकारीहरुले दिएको जानकारीअनुसार प्रहरीले समर्थकमाथि अश्रुग्यास प्रहार गरेपछि भागदौड मच्चिएको हो। यो घटनामा परी थप १८० मानिस घाइते भएका छन्। 

शनिबार पूर्वी जाभास्थित फुटबल स्टेडियममा भएको खेलमा पेर्सेबाया सुराबायासँग अरेमा फुटबल क्लब पराजित भएसँगै समर्थकहरुबीच झडप भएको थियो।

उक्त झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले समर्थकमाथि अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि मच्चिएको भागदौडमा परी कम्तीमा १२७ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। 

सार्वजनिक भएको भिडियोमा खेल सकिनुभन्दा अगाडि नै मानिसहरु मैदानतर्फ दौडिरहेको देख्न सकिन्छ। मृत्यु हुनेमा दुईजना प्रहरी अधिकारी पनि रहेका छन्।

इन्डोनेसियाली फुटबल संघले घटनाबारे छानबिन हुने बताएको छ। यससँगै इन्डोनेसियाको शीर्ष लिग बीआरआई लिग वान एक साताको लागि स्थगित भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .