ad ad

खेल


आर्मीलाई हराउँदै सशस्त्रले जित्यो फुटबलको स्वर्ण पदक

आर्मीलाई हराउँदै सशस्त्रले जित्यो फुटबलको स्वर्ण पदक

फुटबलको स्वर्ण विजेता एपीएफको पदककसहित। तस्बिर : सरोज बैजु/नेपालखबर


लक्ष्मी जि.सी
कात्तिक ३, २०७९ बिहिबार १८:१०, पोखरा

सडन डेथमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नवौँ राष्टिय खेलकुदअन्तर्गत पुरुष फुटबलको उपाधि एपीएफले जितेको छ। 

एपीएफ सातौँ खेलकुदपछि पहिलो पटक च्याम्पियन बनेको हो।

पोखरा रगंशालामा बिहीबार भएको राष्ट्रिय खेलकुदको फुटबलतर्फको भिडन्तमा आर्मीलाई सडनडेथमामा पराजित  गर्दै एपीएफले स्वर्ण पदक जितेको हो।

यो इभेन्टमा गण्डकी प्रदेशले कास्य पदक जितेको छ। 

टाइब्रेकरमा ४–४ को बराबरी भएपछि सडन डेथमा एपीएफ विजयी भयो। समग्रमा एपीएफले आर्मीलाई ६–५ ले पराजित गर्यो। 

आर्मीका नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, सीमान्त थापा, विवेक बस्नेत र विकास खवासको  प्रहार गोलमा परिणत भएको छ। सडनडेथमा सुमन अर्यालको प्रहार गोलरक्षकले बचाए। 

सेसेहाङ आङदेम्बेको प्रहार गोलरक्षक राजु नगरकोटीले रोकेपछि रिटेकमा पाएको अवसर पनि उनले सदुपयोग गर्न सकेनन्। 

एपीएफका नविन लामा, आवास लामिछाने, सुदिप शिख्राकार, राजु नगरकोटीले गोल गरे। सनिस श्रेष्ठको प्रहार पोष्टको माथिबाट बाहिरियो। 

एपीएफको जितमा गोलरक्षक राजु नायक बने। उनले सडन डेथमासहित दुई पेनाल्टी सेभ गर्नुका साथै एक गोल गरे। एपीएफका लागि विश्वास उदासले निर्णायक गोल गरे। 

निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि थप गरिएको ३० मिनेटमा पनि गोल नभएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो। 

खेलको ७९ औँ मिनेटमा आर्मी र एपीएफ १० खेलाडीमा सिमित भएका थिए। खेलको दौरान विवाद भएपछि रेफ्रिीले दुवै टोलीलाई रातो कार्ड देखाएका थिए। एपीएफका प्रदीप लामा र आर्मीका पदम तामाङ रातो कार्ड खाँदै बाहिरिए। 

एपीएफले नवौँ खेलकुदको अन्तिम स्वर्ण जित्दा पहिलो स्वर्ण भने पुरुष क्रिकेटमा नेपाल पुलिस क्लबले जितेको थियो। 

आजै स्याङ्जाको वालिङमा भएको महिला फुटबलमा एपीएफले नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै स्वर्ण जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .