खेल


नेपालका लागि अन्जनको ११ औँ गोल, आभाषको डेब्यु

नेपालका लागि अन्जनको ११ औँ गोल, आभाषको डेब्यु

गोल गरेपछि खुसियाली साट्दै अन्जन विष्ट। तस्बिर : रासस


नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १९:२०, काठमाडौँ

फरवार्ड अञ्जन विष्टले नेपाली राष्ट्रिय टोलीका लागि गरेको गोल संख्या ११ पुर्‍याएका छन्। 

बुधबार साँझ दशरथ रंगशालामा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेपछि उनको गोल संख्या ११ पुगेको हो। 

पहिलो हाफ गोलरहित रहेको अवस्थामा उनले खेलको ८३ औँ मिनेटमा गोल गर्दै नेपालको जित पक्का गरे। 

यसअघि असोजमा भएको बगंलादेशसँगको मैत्रीपूर्णमा खेलमा अन्जनले ह्याटिक गरेका थिए।  

खेलको पहिलो हाफमा नेपालले गोलको मौका पाए पनि सदुपयोग गर्न सकेन। 

पाकिस्तान फिफाको प्रतिबन्धका कारण ४ वर्षपछि अन्तर्राष्ट्रिय खेलमा फर्किएको हो।

नेपालसँगको खेलसँगै पाकिस्तानले अन्तर्राष्टिय फुटबलमा पुनरागमन गरेको छ। 

लामो समयपछि अन्तर्राष्टिय खेल खेलेको पाकिस्तानको टोलीमा फिटनेसको समस्या देखिएको थियो। 

आभाषको डेब्यु
पाकिस्तानसँगको मैत्रीपूर्ण खेलबाट आभाष लामिछानेले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्।

खेलको ५७ औँ मिनेटमा सेसेहाङ आङदेम्बेको स्थान लिँदै उनी मैदान छिरेका थिए। 

यसअघि उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका आभाषले टोलीमा परे पनि डेब्यु मौका पाएका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad