ad ad

खेल


पीपीएलः चितवन र धनगढी भिड्दै

पीपीएलः चितवन र धनगढी भिड्दै

नेपालखबर
पुस ४, २०७६ शुक्रबार ६:३१,

 नमस्ते पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता पीपीएलमा शुक्रबार हुने दोस्रो खेलमा चितवन राइनोज र धनगढी एक्स्पर्ट भिड्दैछन्।

पोखरा रगंशालामा पौने १ बजे हुने खेलमा चितवन लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा रहँदै फाइनल यात्रा बलियो बनाउन चाहन्छ। पहिलो खेलमा चितवनले पोखरालाई ६ विकेटले हराउँदा दोस्रो खेलमा बुटवललाई १ सय १९ रनको फराकिलो अन्तरले हराएको थियो।

अलराउन्डरले भरिएको चितवनले बुटवलविरुद्ध पीपीएल इतिहासकै सर्वाधिक २ सय ३ रन बनाएको थियो। जसमा पारस खड्का, रोहन मुस्तफा र आरिफ शेखले उत्कृष्ट ब्याटिङ गरेका थिए।

बसुटवल विरुद्धको खेलमा करण केसीले घातक बलिङ गर्दै आप्mनो स्पेलमा ११ रन खर्चेर ४ विकेट लिएका थिए। धनगढीविरुद्ध पनि चितवन सोही लयलाई कायम राख्न चाहन्छ। रोहन मुस्तफा, बाबर हायत, सन्नी पटेल पारस खड्का धनगढीका लागि टाउको दुखाई बन्न सक्छन्।

यस्तै पहिलो खेलमा विराटनगरमाथि ५ रनको रोमाञ्चक जित हात पारेको धनगढी दोस्रो खेलमा काठमाडौंसँग १ सय ६ रनले पराजित भएको थियो। धनगढीविरुद्ध काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्ल विष्फोटक शतक प्रहार गरेका थिए। कमल सिंह ऐरीले ४ विकेट लिए पनि अन्य बलरले विकेट लिन नसक्दा धनगढीले १७ ओभरमा १ सय ८५ रन खर्चिन पुगेको थियो। २ ओभरमा ३७ रन खर्चिएर टोलीका लागि महँगा बनेका बिक्रम ठगुन्नालाई आज धनगढीले टिम बाहिर राख्ने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .