खेल


चीनमा भएको ट्रेल दौडमा नेपालकी रशिलाले महिलातर्फ जितिन् स्वर्ण

चीनमा भएको ट्रेल दौडमा नेपालकी रशिलाले महिलातर्फ जितिन् स्वर्ण

नेपालखबर
पुस ७, २०७६ सोमबार ११:५७,

जीओजी माउन्टेन क्रसिङ टाइटलको उक्त दौड प्रतियोगिता दुई हजार मिटर उचाईको कुनिम शहरबाट सुरु भएर ४ हजार २ सय सम्मको

२१ राष्ट्रका सयौं धावक तथा धाविकाहरुलाई पछि पार्दै महिलातर्फ प्रथम बनेकी रशिला तामाङले नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण पदक हात पारेकी हुन्।

रशिलासँगै ३ सय ३७ महिला तथा पुरुष धावक धाविका दौडमा उत्रिएका थिए।

उनले निर्धारित दुरी ८ घण्टा २० मिनेट ४३ सेकेन्डमा पुरा गरिन्। रशिला समग्रमा छैटौं तथा महिलातर्फ प्रथम भएकी हुन्।

उमेरले २० वर्ष पुगेकी धाविका रशिलाले साता दिन अघि मात्रै ४२ किलोमिटर एभरेस्ट म्याराथनको उपाधि जितेकी थिइन्। उनले ट्रेल दौडमा पनि छुट्टै पहिचान बनाउन सफल कएकी हुन्।

महिला पुरुष माउन्टेन क्रसिङको ट्रेल दौडको उपाधि भने चाइनाका चर्चित धावक यान लुङ फेइले जिते।

प्रतियोगितामा नेपालका दुर्गाराज बुढा दोस्रो र दामोदर बुढा मगर तेस्रो बनेका थिए। विश्वमा आकर्षक अल्ट्रा ट्रैल दौडको मोह नेपाली धावकहरुमा बड्दो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad