नेपाल भ्रमणमा आएको स्पेनिस फुटबल क्लब कासेरेन्यो सिपीले नेपाली टोलीसँगको दुई खेलमा जित निकालेको छ।
पहिलो खेलमा बिहीबार पोखरा–११ लाई पराजित गरेको स्पेनिस टोलीले दोस्रो खेलमा काठमाडौ–११ माथि पनि जित निकालेको हो।
बिहीबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौँ–११ लाई २–१ ले हराएको हो। काठमाडौका लागि सान्त्वना गोल जर्जप्रिन्स कार्कीले गरे।
पहिलो खेलमा गण्डकी ११ लाई ३–० गोल अन्तरले हराएको थियो।
काठमाडौं टोलीको नेतृत्व नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान विराज महर्जनले गरेका थिए। पोखराको नेतृत्व भने अनिल गुरुङले गरेका थिए।
लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा शान्तिका लागि फुटबल भन्ने नाराका साथ दुई खेल आयोजना गरेको थियो।
यो टोलीले आगामी जनवरी ४ मा स्पेनिस कोडा डेल रेको अन्तिम ३२ अन्तर्गतको खेलमा रियल मड्रिडसँग खेल्दैछ।
Shares
प्रतिक्रिया