रियाद महारेजको निर्णायक गोलमा इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ।
चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा सिटीले १–० ले जित निकालेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र जित सम्भव भयो।
खेलको ६३ औँ मिनेटमा रियाद महारेजले गरेको गोल नै सिटीका लागि निर्णायक बन्यो।
जितसँगै सिटीले शिर्षस्थानको आर्सनलसँगको अंक दुरी कम गरेको छ। सिटीले १७ खेलबाट ३९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानको आर्सनलको समान खेलबाट ४४ अंक छ।
चेल्सीले यो सिजन छैटौँ हार व्यहारेको हो। चेल्सीले १७ खेलबाट २५ अंक बनाएर तालिकाको १० औँ स्थानमा छ।
30
Shares
प्रतिक्रिया