ad ad

खेल


फागुन १९ देखि ए डिभिजन फुटबल : ३ मैदानमा १८२ खेल, विजेतालाई ७५ लाख

फागुन १९ देखि ए डिभिजन फुटबल : ३ मैदानमा १८२ खेल, विजेतालाई ७५ लाख

नेपालखबर
माघ २०, २०७९ शुक्रबार १५:३४, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आगामी फागुन १९ बाट शहिद स्मारक ए डिभिजन लिग आयोजना हुँदै छ। 

एन्फाले लिग सम्बन्धी सबै तयारीहरु अगाडि बढाइसकेको प्रवक्ता सुरेश शाहले जानकारी दिए। 

उनका अनुसार खेल डबल राउन्ड रोबिनको आधारमा हुनेछ भने दशरथ रंगशाला, च्यासल खेल मैदान र एन्फा कम्प्लेक्सस्थित खेल मैदानमा लिगका १८२ खेलहरु सञ्चालन गरिनेछ। 

सबै खेल मैदानको तयारी पनि एन्फाले तदारुकताका साथ अघि बढाएको एन्फाले जनाएको छ। एन्फाले पाँचौ चरणसम्मको खेल तालिका सार्वजानिक गरिसकेको छ र बाँकी खेल तालिका पाँचौ चरण सकिएपछि सार्वजानिक गरिनेछ।

लिगको मार्केटिङ्ग, बोर्डकास्टिङ्ग र टिकेटिङ्गको टेन्डर आह्वान गरिसकिएको र सो टेन्डरहरु यहि माघ २३ गते खुला गरिनेछ।

लिगका लागि सहभागी सबै १४ वटा क्लबले क्लब दर्ता गरिसकेका छन् । एन्फाले लिगको तयारी खर्च स्वरुप हरेका क्लबहरुलाई प्रमथ किस्ता स्वरुप जनही रु १५ लाख रुपैया उपलब्ध गराइसकेको छ । क्लबहरुलाई खेलाडी दर्ताको लागि यहि माघ २९ गतेसम्मको मिति तय गरिएको छ।

लिंगमा प्रथम हुने टिमले नगद रु ७५ लाख, द्वितीय हुनेले रु ५० लाख र तृतीय हुनेले रु २५ लाख पुरस्कार स्वरुप पाउने छन् । लिगमा एक क्लबले फेयर प्ले अर्वाड स्वरुप रु तीन लाख पुरस्कार उपलब्ध गराइने एन्फाको भनाइ छ। 

प्रतियोगितको सवोत्कृष्ट खेलाडीलाई तीन लाख पुरस्कार उपलब्ध गराइनेछ।

त्यस्तै उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान रु दुइ-दुइ लाख पुरस्कार उपलब्ध गराइनेछ। लिगको एक उदीयमान खेलाडीलाई इमेजिङ्ग प्लेयर घोषणा गरेर नगद रु एक लाख पचास हजार दिइनेछ।

हरेक खेलको विजेता टोलीलाई थप नगद रु ५०,००० पुरस्कार दिइने छ । खेल बराबरी भएको खण्डमा दुवै टोलीलाई समान रु २५,००० दिइने छ । हरेका खेलको उत्कृष्ट खेलाडीलाई प्लेयर अफ द म्याच स्वरुप रु १०,००० दिइने छ ।

शहिरु स्मारक ए डिभिजन लिगको अनुमानित लागत करिब १२ करोड रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .