प्रधानमन्त्री कप थ्री नेसन्स कपको उपाधिका लागि आज (शुक्रबार) नेपाल र लाओस भिड्दैछन्। दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ।
नेपालले पहिलो खेलमा लाओसलाई २–१ ले पराजित गरेको थियो।भुटानलाई भने एक एक गोलको बराबरीमा रोकेको थियो।
यता, नेपालसँग पराजित भएको लाओसले भुटानलाई समान २–१ गोलले नै हराएको थियो।
खेलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीका मुख्य प्रशिक्षक र कप्तानले आफुहरु फाइनलका लागि तयार रहेको बताएका थिए। यसअघि घरेलु मैदानमा भएको थ्री नेसन्स कपको उपाधि जितेको नेपाल यो पटक पनि सोहीलाई निरन्तरता दिने योजनामा छ।
लाओस भने पहिलो पटक यति ठुलो प्रतियोगिताको फाइनल खेल्न लागेको हो। लाओसका मुख्य प्रशिक्षक तथा कप्तानले आफूहरु देशको लागि खेल्ने भन्दै ठूलो प्रतियोगिताको उपाधि जित्दै आफ्नो जनतालाई खुसी दिने बताएका छन्।
लाओसविरुद्धको खेलमा नेपालका दुई खेलाडी उपलब्ध हुने छैनन्।
टोलीका मुख्य फरवार्ड अञ्जन विष्ट र डिफेन्डर पुजन उपरकोटी टोलीका उपलब्ध हुनेछैनन्। अन्जन चोटका कारण र पुजन दोहोरो पँहेलो कार्डका कारण फाइनल खेल गुमाउने छन्।
प्रतिक्रिया