खेल


लुम्बिनी पिस हाफ म्याराथनको उपाधि दीपक र राजपुरालाई

लुम्बिनी पिस हाफ म्याराथनको उपाधि दीपक र राजपुरालाई

नेपालखबर
चैत २३, २०७९ बिहिबार १३:१८, लुम्बिनी

लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगिताको उपाधि दीपक अधिकारी र राजपुरा पछाइले हात पारेका छन्। 

अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बिहीबार बुद्धजन्मस्थल लुम्बिनीमा गरेको २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगिता गरेको हो।

प्रतियोगितामा पुरुषतर्फ प्रथम भएका त्रिभुवन आर्मी क्लबका अधिकारीले १ घन्टा ६ मिनट २ सेकेन्डमा लुम्बिनी वरपरको २१ किलोमिटरको दूरी पूरा गरेका थिए। यससँगै उनले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन्।

यस्तै महिलातर्फ प्रथाम नेपाल प्रहरीकी राजपुरा पछाइले १ घन्टा २४ मिनेट २ सेकेन्डमा २१ किलोमिटरको दूरी पूरा गरेकी थिइन्। उनले  १ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाइन्।

प्रतियोगितामा पुरुषतर्फ एपीएफका गोपीचन्द्र पार्की १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भए।

त्रिभुवन आर्मीका मुकेश पाल १ घन्टा ७ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै तेस्रो र त्रिभुवन आर्मीकै नरेन्द्र रावल १ घन्टा ७ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै चौथो भए ।

महिलातर्फ एपीएफका विन्द्रा धान्के श्रेष्ठ १ घण्टा २६ मिनेट ७ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भइन्।

नेपाल प्रहरीका रेखा विष्ट १ घन्टा २६ मिनेट ११ सेकेन्डमा दूरी पार गर्दै तेस्रो र त्रिभुवन आर्मीका पूर्णलक्ष्मी १ घन्टा २८ मिनेट ३३ सेकेन्डमा दूरी पार गर्दै चौथो भइन्। 

दुवै विधामा द्वितीयले ७५ हजार, तृतीयले ५० हजार र तृतीयले ३० हजार रुपैया नगद पुरस्कार पाए।

लुम्बिनीको शान्तिदीपमा नेकपा एमालेका अध्यक्ष तथा मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक केपी ओलीले म्याराथनको शुभारम्भ गरेका थिए। 

ओलीले दीप बालेर खेलाडीलाई हस्तान्तरण गरेपछि खेलाडीहरुको म्याराथन सुरु भएको थियो। 

मायादेवी प्रवेशद्वारबाट सुरु भएको म्याराथन पर्साचौकबाट फेरि महिलबार हुँदै २ फन्का लगाएर २१ किलोमिटरको दूरी पूरा गरिएको थियो।

प्रतियोगिताका विजेतालाई अपराह्न आयोजना हुने मूल समारोहमा पूर्वप्रधानमन्त्री ओलीले प्रमाणपत्र वितरण गर्ने छन्। 

प्रतियोगितामा देशभरका २ हजार ५ सय खेलाडी म्याराथनमा सहभागी भएको मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .