खेल


एसीसी प्रिमियर कप : ओमानविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

एसीसी प्रिमियर कप : ओमानविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

नेपालखबर
बैशाख ८, २०८० शुक्रबार ८:५६, काठमाडौँ

एसीसी प्रिमियर कप अन्तर्गत ओमानसँगको खेलमा घरेलु टोलीले पहिला ब्याटिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो। 

ओमान जिशान मकसुदको कप्तानीमा मैदानमा उत्रँदै छ। नेपालको कमान रोहित पौडेलले सम्हाल्दैछन्। 

नेपालको यो ५०औं ओडीआई खेल हो। नेपाल आजको खेलमा ओमानलाई हराउँदै समूह विजेताका रुपमा सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ। 

नेपाल रहेको समूह ए मा नेपालसहित ओमान, कतार, मलेसिया र साउदी छन्। समूह बी मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन्। 

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। नेपाल प्रिमियर कप जित्दै एसिया कपमा स्थान बनाउने लक्ष्यमा छ। 

नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो। ओमानले भने कतारलाई ४० रनले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .