कप्तान अनन्त तामाङ र अञ्जन विष्टले यो सिजनको च्याम्पियन बनाउने लक्ष्यका साथ चर्च ब्वाइज युनाइटेड क्लबमा आबद्ध भएको बताएका छन्।
'चर्च ब्वाइजमा म आउँदा टोलीको जुन सेट सुनेँ, त्यतिबेला नै जित्छौँ भन्ने लागेको थियो। त्यहीकारण यो क्लबमा आबद्ध भएँ', पहिलो पटक ए डिभिजन लिग च्याम्पियन बनेपछि अनन्तले भने, 'आज मेरो निर्णय सही लागेको छ।'

उनले लिगको जितेको खुसीयाली खासै मनाउनु भएन नि भन्ने प्रश्नमा उनले हाँस्दै अन्तिम खेलका लागि सेलिब्रेसन जोगाएर राखेको बताए।
अञ्जनले च्याम्पियन बन्ने लक्ष्यसाथ आबद्ध भएको उल्लेख गरे।
'हाम्रो टोलीको सदस्यदेखि म्यानेजमेन्ट सबै आफ्ना साथीहरु हुँदा खुसी लागेको छ। बीचमा केही उतारचढाव आएपनि पछि टोलीमा सुधार हुँदै गयो। हाम्रो सफलताको मुख्य कारण पारिवारिक वातावरण हो। यसमा आबद्ध सबैलाई धन्यवाद दिन चाहान्छु', उनले भने।
सिजन चलिरहँदा चोटका कारण फिट हुन नसक्दा केही गाह्रो भएको उनलेे बताए।
'त्यसका बाबजुद जुद पनि हामीले सक्नेजति खेले जस्तो लाग्छ', उनलेे भने, 'बीचमा धेरै गाह्रो थियो।'
उनले टिम च्याम्पियन बने पनि एएफसी कप खेल्न नपाउँदा दु:ख लागेको बताए। 'हाम्रो ठाउँमा मछिन्द्र खेल्न जान्छ भन्ने सुनेको छु। म मछिन्द्रलाई शुभकामना दिन चाहन्छु', उनलेे भने।
60
Shares

प्रतिक्रिया