खेल


विश्व प्रख्यात बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन

विश्व प्रख्यात बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन

नेपालखबर
माघ १३, २०७६ सोमबार ३:१३,

विश्व प्रख्यात बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन भएको छ।

अमेरिकाको साउदर्न क्यालिफर्नियामा बाक्लो हुस्सुका कारण उनी सवार हेलिकोप्टर पहाडमा ठोक्किँदा उनीसहित ९ जनाको निधन भएको हो।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार ब्रायन्टसँगै उनकी १३ वर्षीया छोरी जियानाको पनि दुर्घटनामा मृत्यु भएको छ।

४१ वर्षीय ब्रायन्टको मृत्युको खबर फैलिएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित संसारभरका सेलिब्रिटी र खेलप्रेमी दुःखी भएका छन्।

सबैले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन्।

ब्रायन्टको निधनले नेपाली खेल जगत् पनि दुःखी भएको छ। नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का, राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठलगायतले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

गत २० वर्षदेखि लस एन्जेलस लेकर्ससँग खेलिरहेका ब्रायन्टलाई बास्केटबलका महान् खेलाडीका रूपमा चिनिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad