ad ad

खेल


एनएसएल : चितवन र इलामको पहिलो हाफ गोलरहित बराबरी

एनएसएल : चितवन र इलामको पहिलो हाफ गोलरहित बराबरी

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर ३०, २०८० शनिबार १८:१९, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) मा शनिबार दशरथ रंगशालामा जारी दिनको दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ्ग इलाम एफसी बीचको खेल पहिलो हाफ गोलरहित सकिएको छ।

दोस्रो मिनेटमा नै चितवनका रफिक अमिनुको प्रहार समितले सहजै समाते।

छैठौं मिनेटमा चितवनका छिरिङ गुरुङको क्रसले कोही सहकर्मी भेट्न सकेन। १२औं मिनेटमा इलामका फोडे कमाराको क्रसले पनि कसैलाई भेटाउन सकेन।

२६औं मिनेटमा चितवनका टोरिक जेब्रिनले बक्स बाहिरबाट गरेको प्रहार पोस्टको केही माथिबाट बाहिरियो।

३०औं मिनेटमा इलामका नवीन लामाको प्रहार पनि पोस्ट माथिबाट बाहिरियो। ४५औं मिनेटमा चितवनले ठूलो मौका खेर फाल्यो।

अफ्रीए अक्वाहको बक्स बाहिरबाट लिएको प्रहार रोशन राना मगरको खुट्टामा लागेर अमिनुको खाली रहेको अवस्थामा उनको खुट्टामा पुगेको थियो। तर उनको प्रहार सिधै समितको ज्यानमा लाग्न पुग्यो।

चितवन अहिलेसम्म खेलेको ६ खेलमा ५ अंक जोड्दै सातौं स्थानमा रहँदा इलाम भने समान ६ खेलमा ४ अंकसहित पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .