कप्तान ज्ञानेन्द्र मल्लले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत तेस्रो खेलमा ओमानविरुद्ध अर्धशतक प्रहार गरेका छन्। ज्ञानेन्द्रले ७० बलमा आफ्नो दोस्रो ओडीआई अर्धशतक पूरा गरका हुन्। २५ ओभरको चौथो बलमा मोहम्मद नदीमलाई चौका प्रहार गर्दै ज्ञानेन्द्रले अर्धशतक पूरा गरेका थिए।
उनले ७६ बलमा ५६ रन बनाए। यसअघि ज्ञानेन्द्रले २०१८ अगष्ट १ मा नेदरल्यान्डसँगको पहिलो ओडीआई डेब्यू खेलमा ५१ रन जोडेका थिए। ज्ञानेन्द्र मल्ल ७१ बलमा ६ चौका र १ छक्का सहित ५४ रनमा खेलि रहेका छन्। यो ज्ञानेन्द्रको ओडीआईमा यो उच्च प्रर्दशन हो। ज्ञानेन्द्रलाई आरिफ शेखले ७ रनमा साथ दिएका छन्।
त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको गरेको नेपालले २७ ओभरमा ३ विकेट गुमाएर १ सय २६ रन बनाएको छ। दोस्रो विकेटका लागि पारस र ज्ञानेन्द्रले ५९ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए। नदीमको २४ औं ओभरको पहिलो बलमा सट खेल्नेक्रममा पारस मिडअफमा सन्दीप गौडबाट ३८ रनमा क्याच आउट हुन पुगे। पारसले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे। पारस आउट भएको दुई बल पछि दीपेन्द्र सिंह ऐरी ठूलो सट खेल्ने क्रममा विलाल खानबाट शून्यमा क्याच आउट भए। दीपेन्द्र अमेरिकासँगको खेलमा पनि शून्यमा आउट भएका थिए।
पहिलो विकेटका लागि ओपनर सुवास खकुरेल र ज्ञानेन्द्र मल्लले १४.१ ओभरमा ४८ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए। १५ औं ओभरको पहिलो बलमा अलराउन्डर मोहम्मद नदीमले सुवासलाई २२ रनमा एलबिडब्लू आउट गर्दै साझेदारी तोडेका थिए। सुवासले ४२ बलमा १ चौका प्रहार गरे।

प्रतिक्रिया