ad ad

खेल


आरबीबी एनभीए भलिबल च्याम्पियनसिप चैत पहिलो साता

आरबीबी एनभीए भलिबल च्याम्पियनसिप चैत पहिलो साता

नेपालखबर
फागुन १४, २०८० सोमबार १५:४६, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको  आठौँ सस्कंरण आगामी चैत्र पहिलो साता हुने भएको छ।

नेपाल भलिबल संघले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप आगामी चैत्र ३ गतेदेखि १० गते सम्म हुने जानकारी दिएको हो।

च्याम्पियनसिपका लागि राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ।

सम्झौता पत्रमा संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र बैकका कार्यकारी निर्देशक किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे।   

सम्झौता अनुसार बैंकले संघलाई १८ लाख रुपैयाँ दिनेछ।

च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ९ टिम गरी २१ टोलीले स्पर्धा गर्नेछन्।

च्याम्पियनसिपका लागि टिम दर्ताका लागि फागुन २५ गतेसम्मका समय तोकिएको छ।

यो च्याम्पियनसिपबाट पुरुषतर्फ ८ र महिलातर्फका ६ टोलीले लिगमा स्थान बनाउनेछन्।  

च्याम्पियनसिपको उपाधि विजेताले ५ तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ पाउनेछ।सर्वोत्कृष्ट खेलाडीले जनही ४० हजार रुपैयाँ पाउनेछन्।

व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

च्याम्पियनसिप सम्पन्न गर्न ५५ लाख खर्च लाग्ने अनुमान संघले गरेको छ। राखेपले १० लाख रुपैयाँ दिनेछ।

च्याम्पियनसिप काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .