ad ad

खेल


सन्दीपलाई भिसा नदिएको विरोधमा अमेरिकी दूतावास घेर्न गएको टोली नक्सालमा रोकियो (तस्बिरहरू)

प्रदर्शनकारीको भिडमा सांसद ज्ञानेन्द्र शाही पनि
सन्दीपलाई भिसा नदिएको विरोधमा अमेरिकी दूतावास घेर्न गएको टोली नक्सालमा रोकियो (तस्बिरहरू)

सरोज बैजु
जेठ १६, २०८१ बुधबार १६:५८, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको विरोधमा सांसदसहित समर्थकको टोलीले अमेरिकी दूतावास घेर्न खोजेपछि प्रहरीले नक्सालमै रोकेको छ।

बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेर राप्रपाका सांसद ज्ञानेन्द्र शाहीसहितको टोली महाराजगन्जस्थित दूतावास तर्फ गइरहेको थियो। तर प्रहरीले उनीहरुलाई नक्सालमै रोकेको हो। 

ठूलोसंख्यामा गइरहेको टोलीलाई नक्सालमा रोके पनि केहीले भने दूतावासमा पुगेर पनि विरोध प्रदर्शन गरेका छन्। ती मध्ये ५ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई महाराजगन्ज प्रहरी बृत्तमा राखिएको छ। 

टी–२० विश्वकप खेल्न अमेरिका जान लागेका सन्दीप लामिछानेलाई गत बुधबार अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो। उनीविरुद्धको निलम्बन फुकुवा गर्दै नेपाल क्रिकेट संघले टोलीमा समेट्ने बाटो अझै पनि खुला राखेको छ। 

तर भिसाको समस्याका कारण अझै पनि उनी विश्वकप खेल्ने नखेल्ने अन्तिम टुंगो लागेको छैन। क्यान र खेलकुद मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले पनि भिसाका लागि पहल गर्ने भनिएको थियो। 

तर विश्वकप सुरुहुन केही दिन अघिसम्म पनि लामिछानेले भिसा पाउन सकेका छैनन्। उनले दोस्रो पटक भिसाका लागि आवेदन दिइसकेका छन्। आइतबार उनको भिसाका लागि आवेदन गरिसकेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए।

उनले अन्तिम समयसम्म पनि सन्दीपलाई लैजान पहल गर्ने र हुँदै नभएको खण्डमा मात्रै १५ सदस्यीय अन्तिम टोलि पक्का हुने बताए। यसअघि नेपालले आईसीसीलाई १४ सदस्यीय टोलीको मात्रै नाम बुझाएको छ।

आईसीसीसँग समन्वय गरेर नेपालले १५ औं खेलाडीको नाम भने सन्दीपको भिसा बारे अन्तिम टुंगो लागेपछि मात्रै दिने भएको छ। सन्दीपलाई भिसा दिन अस्वीकार गरेपछि क्रिकेट समर्थकले अमेरिकी दूतावासको विरोध गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .