क्रिकेटका गुल्सन झा, फुटबलकी प्रिती राई र भलिबलकी कविता भट्ट लगायत ५ खेलाडी नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को पिपल्स च्वाइस अवार्ड विधाको मनोनयनमा पर्न सफल भएका छन्।
मञ्चले आज शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको हो।
पिपल्स च्वाइस विधाको मनोनयनमा क्रिकेटका गुल्सन, भलिबलकी कविता र फुटबलकी प्रीतिसहित कबड्डीकी मानमति विष्ट र रग्बीका श्रीराम श्रेष्ठ पर्न सफल भएका छन्।
पिपल्स च्वाइसमा पर्न सफल खेलाडीले इ–सेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जाल फेसबुकको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटीमा आवद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२.५ प्रतिशत हुनेछ।

पिपल्स च्वाइस अवार्डका लागि मञ्चले भोटिङ पार्टनरका रुपमा इ–सेवासँग सम्झौता नवीकरण गरेको छ।
पिपल्स च्वाइस अवार्डको विजेताले पल्सरको एनएस ४०० सिरिज मोटरसाइकल पाउनेछन्। अन्य चार विधाका विजेताले एनएस २०० मोटरसाइकल प्राप्त गर्नेछन्। अन्य विधाका विजेता खेलाडीले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
पल्सर स्पोर्टस् अवार्ड २०८० मा वर्ष उत्कृष्ट महिला/पुरुष, उत्कृष्ट वर्ष प्रशिक्षक, वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस् जर्नालिष्ट अवार्ड र टिम अफ दि इयर विधामा अवार्ड वितरण गर्नेछ। स्पोर्टस् अवार्ड भदौ २८ गते हुनेछ।
पिपल्स च्वाइस अवार्डमा पर्न सफल खेलाडीहरु यसप्रकार रहेका छन्।
१, गुल्शन झा (क्रिकेट)
नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य। देब्रे हाते ब्याटर तथा दाहिने हाते बलर। (नेपाललाई पहिलो पटक एसिया कप क्रिकेटमा पुयाउँदा यूएईविरुद्ध प्रिमियर कपको फाइनलमा अविजित ६७ रन बनाउनुका साथै १ विकेट लिन सफल)
आईसीसी एसिया ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध नेपालबाट सर्वाधिक रन बनाउनेक्रममा २५ बलमा ५ चौका र ४ छक्का प्रहार गरी ५४ रन बनाउन सफल।

१६ वर्षको कलिलो उमेरमै सिनियर राष्ट्रिय टोलीबाट डेब्यू।
सर्लाही मलंगवामा जन्मिएका गुलशन नेपाल पुलिस क्लबसँग आवद्ध।
३२ ट्वान्टी–२० अन्तरार्रिष्ट्रय र २७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकपमा खेल्दाका महत्वपूर्ण सदस्य।
२, कविता भट्ट (भलिबल)
डडेलधुरामा जन्मेकी कविता राष्ट्रिय महिला भलिबल टोलीको नियमित सदस्य हुन्।
काभा महिला नेसन्स लिग २०२४, उपविजेता, काभा महिला भलिबल च्यालेन्ज कप २०२३।
तेस्रो १९ औं एसियाली खेलकुदमा सहभागी एपीएफलाई १६ औं ढोरपाटन डबल लिग भलिबल, २०८० विजेता बनाउन महत्वपूर्ण भूमिका।

चौथो टाइगर कप २०८० बिजेता (एपीएफ)।
आठौं आरबीबी एनभीए कप २०८० उपविजेता (एपीएफ), बेस्ट ब्लकर।
सातौ केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप विजेता (एपीएफ) वेस्ट सर्भर।
३, मानमति विष्ट (कबड्डी)
१९औं एसियाली खेलकुदको कांस्य पदक विजेता (रेड र डिफेन्स दुवैमा उत्कृष्ट खेलाडी)
१३ औं सागमा कबड्डीबाट रजत पदक ।
१२ औं सागमा एथलेटिक्समा सहभागी।

एथलेटिक्सकी पूर्वखेलाडी, पेटी राष्ट्रिय खेलकुदमा ४०० हर्डल्समा स्वर्ण र ८०० मिटर दौडमामा स्वर्ण, ४ गुणा १०० मिटर रिले १४ गुणा ४०० मिटर रिलेमा स्वर्ण।
भीमदत्त नगरपालिका–३ कल्यानपुरमा जन्मेकी मानमति नेपाल पुलिस क्लबसँग आबद्ध।
काठमाडौंमा भएको महिला तथा पुरुष कबड्डी सुपर लिगमा पुलिस क्लब टिम प्रथम। मानमति बेस्ट प्लेयर।
(राष्ट्रिय महिला कबड्डी प्रतियोगिता राजविराजमा उनको टिम पुलिस च्याम्पियन। मानमति बेस्ट प्लेयर एथलेटिक्सकी पूर्व खेलाडी।
छैटौँ राष्ट्रिय खेलकुदमा ४०० हर्डल्समा स्वर्ण र ८०० मिटर दौडमामा स्वर्ण, ४ गुणा १०० मिटर रिले र ४ गुणा ४०० मिटर रिलेमा स्वर्ण।
४, प्रीति राई (फुटबल)
१६ वर्षको उमेरमा राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेकी मिडफिल्डर प्रिती राई टोलीकी मुख्य सदस्य हुन्।
सोलुखुम्बुमा जन्मिएकी प्रिती नेपाल एपीएफ क्लबबाट घरेलु फुटबल खेल्छिन्।
साउदी अरेबियामा भएको आठौं वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल उपविजेता, प्रीतिको उत्कृष्ट प्रदर्शन।

लेवनानविरुद्धको सेमिफाइनलमा निर्णायक गोल।
एएफसी वुमन्स च्याम्पियनसिप, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याचमा गोल गर्न सफल खेलाडी (राष्ट्रिय महिला लिगमा सात गोल गर्न सफल।)
नेपालको उमेर समूह यू–१५ यु–१८ र यू–२० टोलीकी कप्तान।
५, श्रीराम श्रेष्ठ (रग्बी)
काभ्रेको बनेपा नात्तामा जन्मेका श्रीराम राष्ट्रिय खेलकुदमा बागमती प्रदेशलाई च्याम्पियन बनाउँदाका कप्तान।
१९ औँ हाङझाओ एसियाली खेलकुदमा टोलीका मुख्य सदस्य।
भारतको चेन्नईमा सन् २०१५ मा भएको ओलम्पिक छनोटमा सहभागी।

सन् २०१६ मा चेन्नईमा भएको एसियन रग्बी सेभेन्स, २०१७ मा कतारमा भएको एसियन रग्बी सेभेन्स र २०१८ मा सिंगापुरमा भएको एसियन रग्वी सेभेन्समा सहभागी,
सन् २०२१ मा नेपालले खेलेको पहिलो आधिकारिक रग्बी फिष्टिन्स प्रतियोगिता बगबन्धु सिरिजका खेलाडी।
सन् २०२२ मा भारतमा भएको वर्ल्ड रग्बी फिष्टिन्स डिभिजन ३ का कप्तान, नेपालको डिभिजन ३ मा पहिलो पटक प्रवेश गरेको खेल।
Shares

प्रतिक्रिया